सिद्धार्थ प्रिमियर र मेडिप्लसबीच ‘क्यासलेस’ मेडिकल सुविधामा सम्झौता
पाेखरा | असोज १४, २०८१
पोखरा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेश र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच क्यासलेस (नगदरहित) मेडिकल सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख गोविन्द देवकोटा र हस्पिटलको तर्फबाट अध्यक्ष डा. आनन्द भट्टराईले हस्ताक्षर गरे ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नगदरहित मेडिकल बीमालेख लिएका ग्राहकहरुको उपचारको खर्चमध्ये दाबीयोग्य रकम बीमा कम्पनीले हस्पिटललाई भुक्तानी गरिदिने व्यवस्था यो सम्झौताले गर्नेछ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा आवद्ध कर्मचारी, ग्राहक तथा शेयर सदस्यहरु र उनंका परिवार सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट उपलब्ध गराउने स्वास्थ्य सुविधाहरु अन्तर्गत ओपिडी सेवा बाहेकका अन्य सेवामा छुट सुविधा प्रदान गरिएको छ ।
बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेशन र प्रोसिजर चेकजाँचमा १०/१० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत छुट दिइने सम्झौता भएको छ ।
उक्त अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.सरोज पोख्रेल, सिईओ प्रकाश बिक, म्यानेजर सुरेशराज सुवेदी, बजार व्यवस्थापक शोभाखर पाण्डे तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख कमल हमाल, शाखा प्रबन्धक जीवलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

